Logo

राजनीति

मोरङ–३ मा गतिशील लोकतान्त्रिक पार्टी र राष्ट्रिय उर्जाशील पार्टीबीच चुनावी तालमेल



मोरङ । मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा गतिशील लोकतान्त्रिक पार्टी र राष्ट्रिय उर्जाशील पार्टीबीच चुनावी तालमेल हुने भएको छ।

दुवै पार्टीका नेतृत्वबीचको सहमतिअनुसार राष्ट्रिय उर्जाशील पार्टीका प्रत्यक्ष उम्मेदवार भुवनकुमार वाग्ले र गतिशील लोकतान्त्रिक पार्टीकी समानुपातिक उम्मेदवार निशा राजवंशीबीच सहकार्य गर्ने निर्णय गरिएको हो।

फागुन १२ गतेदेखि संयुक्त घरदैलो अभियान सुरु गरिएको गलोपा प्रवक्ता पियूष कायस्थले जानकारी दिएका छन्।

राष्ट्रिय उर्जाशील पार्टीका प्रत्यक्ष उम्मेदवार वाग्लेको चुनाव चिन्ह ‘चापाकल’ रहेको छ भने गतिशील लोकतान्त्रिक पार्टीकी समानुपातिक उम्मेदवार राजवंशीको चुनाव चिन्ह ‘ब्याट्री’ रहेको छ।

दुवै दलले व्यावसायिक तथा दिगो कृषि, किसान, आदिवासी, सुकुम्बासी र श्रमिकको हितलाई प्राथमिकतामा राख्दै समान एजेन्डामा सहकार्य गर्ने जनाएका छन्। साथै भविष्यमा सहकार्य र एकताका लागि समेत वार्ताको ढोका खुला रहेको बताइएको छ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार १३:२७   :  बजे

120
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।