Logo

राजनीति

भोलि रोल्पाको लिबाङमा नेकपाको चुनावी सभा, प्रचण्डले सम्बोधन गर्ने



काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीले भोलि (शनिबार) रोल्पाको लिबाङमा चुनावी सभाको आयोजना गरेको छ ।

यो सभाको तयारी पूरा भएको जनाईएको छ । सभालाई पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने भएका छन् ।

रोल्पाको सदरमुकाम लिबाङ टुँडिखेलमा सम्बोधन गरेर प्रचण्डले यो निर्वाचनको लागि आफ्नो र पार्टीको तर्फबाट चुनावी अपिल गर्ने भएका हुन् ।

यसपटकको निर्वाचनमा नेकपाले ठूला ठूला चुनावी सभा नगर्ने भएको छ । सभामा २० हजार भन्दा बढिको सहभागिता रहने जनाईएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार १९:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।