मोरङ । डा. शेखर कोइराला नेतृत्वको नेपाली कांग्रेसमा विभिन्न दल परित्याग गर्दै १५० जना नेता–कार्यकर्ता प्रवेश गरेका छन्।
मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका नेता कोइरालाले एक कार्यक्रमका बीच नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरेका हुन्। प्रवेश गर्नेहरूमा बिजय कामत प्रमुख छन्। उनी नेपाली कम्युनिस्ट पार्टी कोशी प्रदेश सदस्य हुन्। कामत तत्कालीन माओवादी केन्द्रबाट विराटनगर महानगरपालिका–६ का वडाध्यक्षमा निर्वाचित भएका थिए।
त्यसैगरी बहुजन समाजवादी पार्टी मोरङका अध्यक्ष नारायण पासवान, नेपाली कम्युनिस्ट पार्टी बिराटनगर महानगर समिति सदस्य सन्तोस साह लगायत १५० जना कांग्रेसमा प्रवेश गरेका हुन् ।





















प्रतिक्रिया