Logo

समाचार

१ करोड ८९ लाख मतदाताका लागि २३ हजार मतदान केन्द्रमा विशेष व्यवस्था



काठमाडौं । फागुन २१ गते हुने निर्वाचनमा कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने भएका छन्।

निर्वाचन आयोग ले देशभर १० हजार ९ सय ६७ मतदान स्थल र २३ हजार १ सय १२ मतदान केन्द्रको व्यवस्था गरेको जनाएको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले मतदान प्रक्रियालाई सहज र छिटो बनाउन विशेष प्रबन्ध मिलाइएको जानकारी दिए।

उनका अनुसार महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ भने ज्येष्ठ नागरिक, सुत्केरी, अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरूलाई लाइनमा बस्न नपर्ने गरी प्राथमिकता दिइनेछ।

उनले भने, एक मतदातालाई मतदान गर्न १ देखि २ मिनेट मात्र लाग्नेछ। कुनै पनि मतदान केन्द्रमा १ हजारभन्दा बढी मतदाता छैनन्, त्यसैले लामो समय कुर्नु पर्दैन।

भण्डारीले मतदातालाई आफ्नो परिचयपत्र सुरक्षित राख्न र बिहान ७ बजेदेखि नै मतदानमा सहभागी हुन आह्वान गरे। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आयोगले आवश्यक सम्पूर्ण तयारी पूरा गरेको उनले दाबी गरे।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आईतवार १९:३२   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।