Logo

खेलकुद

फुटसल टोलीलाई सम्मान



काठमाडौं । एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टोलीलाई सम्मान गरेका छन्।

तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले अस्ट्रेलियाको गोलकोस्टमा भएको अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागी टोलीलाई एक कार्यक्रमबीच सम्मान गरे।

उक्त प्रतियोगितामा सम्पूर्ण थापा, अञ्जल ढकाल, दीपेश जुग्जाली पुन, रितिक रिजाल र सौगात थापा क्षत्रीले यु–१६ उमेरसमूहमा प्रतिस्पर्धा गरेका थिए। सोही अवसरमा अफिसियल दिलबहादुर बुढाथोकी र सुमन तिमल्सिना पनि सम्मानित भए।

कार्यक्रममा विद्यालयका अध्यक्ष लिलबहादुर पुन, विद्यालयका प्रधानाध्यापक टकबहादुर थापा, काठमाडौं प्याब्सनका उपाध्यक्ष धनबहादुर पुनलगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार ०७:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।