Logo

प्रमुख समाचार

सर्वोच्चले चुनावको बिदामा पनि बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्ने



काठमाडाैं । सर्वोच्च अदालतले चुनावको बिदामा पनि बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्ने भएको छ ।

चुनावको लागि सरकारले दिएको सार्वजनिक बिदाको दिन पनि अदालतले बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्न न्यायाधीश तोकेको छ ।

बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि फागुन २० गते न्यायाधीश शारंगा सुवेदी, फागुन २२ गते न्यायाधीश महेश शर्मा पौडेल र फागुन २४ गते नारी दिवसका दिन न्यायाधीश मेघराज पोखरेललाई तोकिएको सर्वोच्च अदालत प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए ।

बन्दी प्रत्यक्षीकरणको लागि अदालतले बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म समय तोकेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार १३:४७   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।