Logo

प्रमुख समाचार

यूएईमा मारिएका नेपालीको पहिचान खुल्यो



काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा भएको ड्रोन आक्रमणमा मारिएका नेपाली नागरिकको परिचय खुलेको छ । अबुधाबीस्थित नेपाली राजदूतावासले सोमबार मृतक गोरखाका २९ वर्षीय दिवस श्रेष्ठ रहेको युएईको विदेश मन्त्रालयबाट जानकारी प्राप्त भएको खुलाएको छ ।

‘अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा मिडिल इस्ट कम्पनीमा सेक्युरिटी गार्डको रूपमा कार्यरत नेपाली नागरिक श्री दिवस श्रेष्ठ (वर्ष २९, घर गोर्खा जिल्ला) को दु:खद निधन भएको सम्बन्धमा युएईको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको छ,’ राजदूतावासले भनेको छ ।

उनी यूएईस्थित ‘मिडल इस्ट कम्पनी’मा सेक्युरिटी गार्डको रूपमा कार्यरत थिए। श्रेष्ठको दुःखद निधन भएको आधिकारिक जानकारी यूएईको परराष्ट्र मन्त्रालयले दूतावासलाई उपलब्ध गराएको थियो। यस घटनाप्रति नेपाली राजदूतावासले गहिरो दुःख व्यक्त गर्दै दीवङ्गत आत्माको चिर शान्तिको कामना र शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ।

दूतावासले हालको परिस्थिति सहज भएपछि मृतक श्रेष्ठको पार्थिव शरीरलाई यथाशीघ्र नेपाल फिर्ता लैजाने लगायतका सम्पूर्ण कार्यमा आवश्यक सहजीकरण गर्न आफू तत्पर रहेको स्पष्ट पारेको छ।

 

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार १४:४१   :  बजे

3K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।