Logo

राजनीति

रौतहट–४ का उम्मेदवार ऋषि धमलाको सम्बोधन :यो क्षेत्रको विकास नगरेसम्म म विश्राम लिन्नँ



काठमाडौं। रौतहट–४ का आम जनता पार्टीका उम्मेदवार ऋषि धमलाले आफ्नो निर्वाचन क्षेत्रको समग्र विकासको लागि आफूले काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

चुनावी अभियानको क्रममा आज मंगलपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले क्षेत्रमा रहेका सबैखाले समस्याको समाधान गर्ने प्रतिबद्धता जनाए ।

यो चुनावी अभियानभरि गाउँ गाउँमा डुल्दा जनताले आफूलाई अपार माया र सम्मान गरेको भन्दै त्यो सम्मान र विश्वासलाई कहिल्यैपनि धोका नदिने धमलाले प्रण गरे ।

उनले आफ्नो निर्वाचन क्षेत्रमा रहेको सुकुम्बासी समस्या जसरी पनि समाधान गर्ने घोषणा गरे । यस्तै, शुद्ध पिउने पानी खुवाउने र जनतालाई बाढी तथा डुबानबाट सुरक्षित राख्न पहल गर्ने विश्वास दिलाए ।

उनले आफू देश बनाउने अभियानमा सक्रिय राजनीतिमा होमिएको पनि प्रष्ट पारे । देशव्यापी रुपमा भ्रष्टाचार नियन्त्रणको लागि मिडियामा हुँदा अभियान चलाएको पनि उनले स्पष्ट पारे ।

सुशासन कायम गर्ने र विकास र समृद्धिको बहार ल्याउने नै आफ्नो मुख्य एजेण्डा रहेको धमलाको भनाई छ । उनले रौतहटको विकास नगरेसम्म आफूले विश्राम नलिने पनि घोषणा गरे ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार २०:२५   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।