Logo

प्रमुख समाचार

नैकाप र महाराजगन्जमा गाडीमाथि आगजनी



काठमाडौं । काठमाडौँको महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी गरिएको छ । नैकापमा सिप्रदी ट्रेडिङ्गको कार्यालय नजिकै बिएए २८३६ नम्बरको टोयोटा कार र महाराजगन्जमा बा.७ च १४०१ नम्बरको मारुती भ्यान आगजनी गरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए ।

प्रहरी उपरीक्षक भट्टराईले मंगलबार बिहान ३ बजेतिर गाडीहरूमा आगजनी भएको र आगजनी गरिएको गाडीमा दुर्गा प्रसाईंको पर्चा फेला परेको जानकारी दिए ।

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई भक्तपुर प्रहरीले फागुन १७ गते भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो । प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलवार १०:२५   :  बजे

957
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।