Logo

अर्थ

अग्नि सिमेन्टले आईपीओ निष्कासन गर्ने



काठमाडाैं । अग्नि सिमेन्ट लिमिटेडले आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओको विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारणसभा बाेलाएको छ ।

फागुन १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी चैत १२ गते काठमाण्डौमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।

उक्त सभाबाट कम्पनीको आईपीओ सर्वसाधारणलाई जारी गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै सभामा गत आवको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार १०:४२   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।