Logo

अर्थ

नेपाल एयरलाइन्सको दमाम र दोहा उडान बुधबार र बिहीबार रद्द



काठमाडौं । नेपाल एयरलाइन्सले साउदीको दमाम र कतारको दोहामा बुधबार र बिहीबार निर्धारित उडान रद्द गरेको छ।

नेपाल एयरलाइन्सले एक सूचना जारी उडान रद्द गरिएको बारेमा जानकारी दिएको हो। निर्धारित तालिकाअनुसार बुधबार काठमाडौं–दोहा र काठमाडौं दमाम तथा बिहीबार दोहा–काठमाडौं र दमाम–काठमाडौं उडान हुने भनिएको थियो।

नेपाल एयरलाइन्सले दुबई, दोहा र दमाममा हुने आगामी दिनको उडान सम्बन्धमा सूचना वा तोकिएको नम्बरमा सम्पर्क गरेर मात्र विमानस्थल आउन समेत सूचित गरेको छ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार १४:२४   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।