काठमाडौं । मौन अवधिमा उम्मेदवारको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरी निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा टिकटकर रतन कार्कीमाथि प्रहरीले सोधपुछ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवन का डीएसपी तथा प्रवक्ता रवीन्द्र खनालका अनुसार कार्कीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको र पछि छाडिएको हो ।
प्रहरीले मौन अवधिमा सार्वजनिक गरिएका विभिन्न उम्मेदवारका तस्वीरहरू सामाजिक सञ्जालबाट हटाउन लगाएको जनाएको छ । तस्वीर हटाएपछि उनलाई रिहा गरिएको प्रहरीले स्पष्ट पारेको छ ।
टिकटकर कार्कीले मौन अवधिका क्रममा समेत विभिन्न उम्मेदवारका तस्वीर तथा प्रचार सामग्री सार्वजनिक गर्दै आएका थिए ।





















प्रतिक्रिया