काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो फेसबुक एकाउन्ट पुनः आफ्नो नियन्त्रणमा आएको बताएका छन्।
बुधबार सामाजिक सञ्जालमार्फत उनले ह्याकरको पटक-पटकको प्रयासलाई विफल पार्दै एकाउन्ट सुरक्षित गर्न सफल भएको दावी गरेका हुन्।पछिल्लो समय आफ्नो फेसबुक पेजमा अनधिकृत पहुँचको प्रयास भएको उनको दावी छ।
लामिछानेले लेखेका छन्, ‘पटक-पटक ह्याक गर्ने प्रयास भए तापनि अन्ततः मेरो फेसबुक पुनः आफ्नै नियन्त्रणमा ल्याउन सफल भएको भन्दै उनले सबैलाई धन्यवाद दिएका छन्।





















प्रतिक्रिया