Logo

समाचार

हिरापानीमा सवारी दुर्घटना, स्कुटर चालकको मृत्यु



सिन्धुली । कमलामाई नगरपालिका–४ हिरापानीमा बस र स्कुटर एकआपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी सूर्यप्रकाश सुवेदीका अनुसार काठमाडौंबाट सिन्धुलीको मरिणतर्फ जाँदै गरेको बा.४.ख ३८९४ नम्बरको बस र सिन्धुलीमाढीबाट चियावारीतर्फ जाँदै गरेको ज.१०.प.९२३ नम्बरको स्कुटर आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालकलाई उपचारका लागि सिन्धुली अस्पताल पुर्‍याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो । मृत्यु हुनेमा कमलामाई नगरपालिका – ६ धुराबजार बस्ने वर्ष ३५ को चन्द्र श्रेष्ठ रहेको डीएसपी सुवेदीले जानकारी दिए ।

दुर्घटनापछि बस चालक हरिहरपुरगढी गाउँपालिका–५ निवासी ४१ वर्षीय राजकुमार माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बस समेत नियन्त्रणमा राखी घटना’bout थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार २०:४०   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।