Logo

समाचार

ओलीभन्दा बालेनको दोब्बर बढी मतको अग्रता



काठमाडौं । अहिले देशका विभिन्न निर्वाचन क्षेत्रको मतगणना जारी छ ।

निर्वाचन आयोगका अनुसार झापा क्षेत्र नम्बर ५ को मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली भन्दा दोब्बर बढी मत ल्याएका छन् ।

एमालेको प्रभाव क्षेत्र मानिने झापा–५ मा बालेन शाहले ८ सय १४ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी एमाले अध्यक्ष ओलीले ३ सय ८४ मत पाएका छन्। गणनाको यो चरणमा शाहले ओलीभन्दा दोब्बर बढी मतको अग्रता कायम गरेका छन्।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार ०६:४७   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।