Logo

समाचार

रुकुमपूर्व–१ मा प्रचण्डको अग्रता कायम



काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीमका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुमपूर्व–१ मा सुरुवाती मतगणनाबाटै अग्रता कायम गरेका छन् ।

हालसम्मको मतपरिणाम अनुसार प्रचण्डले १४१५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लीलामणि गौतमले ४३१ मत प्राप्त गरेका छन् भने कुसुमदेवी थापाले (नेपाली कांग्रेस) ले ४१७ मत ल्याएकी छन् ।

सुरुवाती चरणको मतगणनामा नै प्रचण्डले उल्लेखनीय अन्तरसहित अग्रता बनाएका छन् भने मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार ०९:२७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।