Logo

समाचार

चार निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारको अग्रता



काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत जारी मतगणनामा हालसम्म नेकपा (एमाले) का उम्मेदवारहरूले चार निर्वाचन क्षेत्रमा अग्रता बनाएका छन्।

प्रारम्भिक मतपरिणामअनुसार तेह्रथुम–१ मा एमालेका भानुभक्त ढकाल १ हजार २६२ मतसहित अग्रस्थानमा छन्।

त्यस्तै स्याङ्जा–१ मा मिनप्रसाद गुरुङ १ हजार ९६०, रूपन्देही–४ मा प्रमोदकुमार यादव २ हजार ६९८ र बाँके–२ मा मोहम्मद इश्तियाक राई १ हजार ४८५ मतसहित अग्रता बनाइरहेका छन्।

हाल देशभरका विभिन्न स्थानमा मतगणना जारी रहेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार १०:०९   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।