Logo

समाचार

धादिङ–२ मा कांग्रेसकाे अग्रता



काठमाडाैँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत धादिङ क्षेत्र–२ मा कांग्रेसले अग्रता लिएको छ ।

हालसम्मको मतगणनामा कांग्रेस उम्मेदवार रमेश धमलाले २ हजार द३१४ मत पाएका छन् भने उनलाई नेकपाका रामबहादुर भण्डारीले पछ्याइरहेका छन् ।

भण्डारीले २ हजार २७१ मत पाएका छन् । सो क्षेत्रमा रास्वपा उम्मेदवार वोधनारायण श्रेष्ठले १ हजार १७९ मत सहित तेस्रो स्थानमा रहेका छन् । राप्रपाका उम्मेदवार सुरेश रिजालले ९५४ मत पाउँदा एमाले उम्मेदवार धनबहादुर घलले ८६५ मत पाएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार २०:१५   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।