Logo

राजनीति

भक्तपुर–२ मा रास्वपाका उम्मेदवार राजीव खत्रीको अग्रता कायमै



भक्तपुर । भक्तपुर क्षेत्र नं. २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्रीले उल्लेखनीय अग्रता कायम गरेका छन् । मध्यपुरथिमि नगरपालिका–९ को मतगणना सकिँदासम्म प्राप्त अन्तिम नतिजा अनुसार खत्रीले ३८ हजार ४६५ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा (एमाले)का उम्मेदवार महेश बस्नेतले ९ हजार ७२७ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार कबीर रानाले ७ हजार ९६२ मत प्राप्त गरेका छन् ।

मध्यपुरथिमि–९ को मतगणना सम्पन्न भएसँगै खत्रीले प्रतिस्पर्धी उम्मेदवारहरूमाथि ठूलो मतान्तरले अग्रता कायम राखेका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार १२:०१   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।