Logo

राजनीति

सर्लाही-१ मा रास्वपाकी नीतिमा कार्की विजयी



सर्लाही । सर्लाही निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नीतिमा भण्डारी कार्की विजयी भएकी छन् ।

उनले नेपाली कांग्रेसका उम्मेदवार शम्भुलाल श्रेष्ठलाई झन्डै ३६ हजार मतले पराजित गर्दै विजयी भएकी हुन् । भण्डारी ४४ हजार १८१ मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले ७ हजार ८७१ मत ल्याएका छन् । निर्वाचन आयोगका अनुसार सर्लाही–१ मा नेकपा एमालेका मनोज कुमार देवकोटाले ६ हजार १०१ मत पाएका छन् ।

यस्तै चौथो भएका नेकपाका उम्मेदवार प्रमोद साहको पक्षमा ५ हजार ४९४ मत आएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार १६:५४   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।