Logo

राजनीति

तबला दिएको फोटो शेयर गरेर ओलीले बालेनलाई दिए बधाई



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई बधाई दिएका छन् । झापा–५ बाट निर्वाचित भएका बालेनलाई ओलीले बधाई र शुभकामना दिएका हुन् ।

बालेनलाई बाबु सम्बोधन गर्दै उनले ‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्ने कामना गरेका छन् ।

बालेन बाबु, विजयको लागि तपाईँलाई बधाई, तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्, हार्दिक शुभकामना’ ओलीले भनेका छन् ।

बालेनले ओलीलाई झन्डै ५० हजार मतले पराजित गरेका थिए  ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार २०:०६   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।