Logo

समाचार

चितवनमा सवारी दुर्घटना, चार जनाको मृत्यु



काठमाडौं । चितवनको कालिका नगरपालिका-९ मा अटो दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ। दुर्घटनामा थप एक जना घाइते भएका छन्।

उपरदाङढीबाट शक्तिखोरतर्फ आउँदे गरेको बा.प्र ०६ -००१ ह ०३१५ नम्बरको अटो अनियन्त्रित भएर नालीमा खस्दा चार जनाको ज्यान गएको हो।

प्रहरीका अनुसार ज्यान गुमाउनेमा अटो चालक राप्ती नगरपालिका-९ बस्ने ३९ वर्षका पूर्णबहादुर विक, राप्ती नगरपालिका-८ की ५६ वर्षीया बिष्णुकुमारी तामाङ, राप्ती नगरपालिका-९ की २२ वर्षीया बिनी तामाङ, सोही ठाँउका ५५ वर्षका तिलक तामाङ रहेका छन्। उनीहरूको उपचारको क्रममा ज्यान गएको हो।

यस्तै राप्ती-९ की ५३ वर्षीया चिनिकुमारी गुरुङ घाइते भएकी छन्। उनी पूरानो मेडिकल कलेज भरतपुरमा उपचाररत छिन्।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार २१:३३   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।