Logo

समाचार

गोरखा १ मा कांग्रेसले बनायो अग्रता



काठमाडौं। गोरखा १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्रीले अग्रता बनाएका छन्। खत्रीले ४ हजार २६३ मत ल्याएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका सुधन गुरुङले ४ हजार २५९ मत पाएका छन्।

सुरुवातदेखि अग्रता बनाएका गुरुङ अहिले ४ मतले पछि परेका छन्।

नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारीले २२८१ मत पाउँदा एमालेका आरसी लामिछानेले ६७५ पाएका छन्।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आईतवार ०९:२४   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।