Logo

समाचार

धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार



धनगढी । धनगढीमा श्रीमतीको हत्या गरी एक जना फरार रहेका छन्।

गएराति १२ः४५ मा धनगढी उपमहानगरपालिका–७ को देवहरियाका ३६ वर्षका डम्मराज जोशीले श्रीमती ३० वर्षीया सरस्वती अवस्थी जोशीको हत्या गरेका हुन्।

उनले सरस्वतीको टाउको धारिलो हतियार प्रयोग गरी हत्या गरेको र घटना लगत्तै फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी योगेन्द्र तिमील्सिनाले जानकारी दिए। श्रीमतीको हत्या गर्ने जोशी पूर्व शिक्षक समेत हुन्।

अहिले मृत्तकको शव उठाएर पोस्टमाटमका लागि सेती प्रादेशिक अस्पतालको शव गृहमा छ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आईतवार ०९:५५   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।