Logo

प्रमुख समाचार

ललितपुर–२ मा रास्वपाका जगदीश खरेल विजयी



ललितपुर । ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगदीश खरेल विजयी भएका छन्। अन्तिम मतपरिणामअनुसार खरेल ३९ हजार ४ सय ९१ मत प्राप्त गर्दै विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले ७ हजार ४ सय २० मत प्राप्त गरेका छन्।

त्यसैगरी उज्यालो नेपाल पार्टीका राजाराम तण्डुकारले ५ हजार ५ सय ४७ मत प्राप्त गर्दा नेकपा (एमाले)का प्रेमबहादुर महर्जनले ४ हजार ५ सय ३६ मत पाएका छन्। अन्य उम्मेदवारमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवरराज थापाले १ हजार ७ सय ६०, नेपाली कम्युनिस्ट पार्टीका राजेन्द्र अमात्यले १ हजार २ सय १७ र श्रम संस्कृति पार्टीका सरोज राईले ६ सय ८ मत प्राप्त गरेका छन्।

यसैगरी नेपाल मजदुर किसान पार्टीकी चिरी मैया महर्जन (लाखाजु) ले २०७, स्वतन्त्र उम्मेदवार उमङ्ग केसीले ९९ र नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का अष्टराज बज्राचार्यले ८७ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आईतवार ११:२३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।