Logo

राजनीति

मुगुमा कांग्रेसको अग्रता कायमै



मुगु । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मुगुमा नेपाली कांग्रेसका उम्मेदवार खड्ग बहादुर शाहीको अग्रता कायम रहेको छ ।

हालसम्म २० हजार २५५ मत गन्दा कांग्रेसका उम्मेदवार शाहीले ७ हजार ३७१ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् ।

नेकपा एमालेका उम्मेदवार पुर्ण बहादुर रोकायाले ६ हजार ३०२ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार चन्द्र बहादुर शाहीले ४ हजार ८६१ मत प्राप्त गरेका हुन् ।

राष्टिय स्वतन्त्र पार्टीका उम्मेदवार भुवन टमटाले ४९९ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बल बहादुर मल्लले १२७ मत प्राप्त गरे ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आईतवार १३:१७   :  बजे

192
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।