Logo

राजनीति

धनुषा-२ मा रास्वपाका राम विनोद यादव विजयी



धनुषा । धनुषा क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रामविनोद यादव विजयी भएका छन् । ४१ हजार ६३७ मत ल्याएर उनी विजयी भएका हुन् ।

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिनेशप्रसाद यादवलाई उनले ३१ हजार बढी मतान्तरले पराजित गरेका हुन् ।

यादवले १० हजार १९८ मत ल्याए । त्यस्तै नेकपा एमालेका उमाशंकर अरगरियाले १० हजार १५३ तथा नेकपाका रामचन्द्र झाले ८ हजार ४०३ मत ल्याए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आईतवार १३:४३   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।