Logo

प्रमुख समाचार

काठमाडौँमा बढ्यो वायु प्रदूषण



काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा तुवाँलोका कारण आकाश धुम्मिएको छ। पछिल्ला केही दिनदेखि मौसम पूर्ण रूपमा खुल्न सकेको छैन र देशभर वायुप्रदूषणको स्तर उच्च रहेको छ।

काठमाडौं विश्वकै प्रदूषित शहरको १० सूचीकोभित्र परेको छ । वायुको गणस्तर मापनका आधारमा यस्तो सूची सार्वजनिक गर्ने आइक्युएयरका अनुसारका विश्वकै प्रदूषित शहरको सूचीको दोस्रो स्थानमा काठमाडौं रहेको छ ।

काठमाडौंको हावाको गुणस्तर १८४ भन्दा माथि छ । काठमाडौंको पनि शंखपार्कमा १६७ इन्डेक्स रहेको छ । नेपालमा काठमाडौंको मात्र नभई इलाम प्रदूषित शहरको भित्र परेको छ । देउखुरी दाङ , भैसेपाटी, भक्तपुर रत्नपार्क, खुमलटार, कीर्तिपुर सबैभन्दा प्रदूषित रहेको छ ।

सामान्यतया हावाको गुणस्तर एयरक्वालिटी इन्डेक्स ०–६० सम्मको अवस्थालाई राम्रो मानिन्छ । तर यी ठाउँमा हावाको गुणस्तर (एयर क्वालेटी इन्डेक्स) १६० भन्दा माथि छ ।

जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले यतिबेला विराटनगर पनि अत्यधिक प्रदुषित शहरमा उक्लिएको बताए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आईतवार १४:२१   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।