Logo

राजनीति

मिहिनेत गर्दा गर्दै अपेक्षाकृत मत आउन सकेन :राप्रपा



काठमाडौं । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले पार्टीले मिहिनेत गरे पनि अपेक्षाकृत मत आउन नसकेको गुनासो गरेका छन् ।

सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले आफूहरूले मिहिनेत गर्दागर्दै र भ्रष्ट पार्टी नहुँदा पनि निर्वाचनमा अपेक्षाकृत मत आउन नसकेको गुनासो गरेका हुन् ।

उनले दलहरूले आफ्ना एजेण्डाहरूमा पुनर्विचार गरेर अगाडि बढ्नुपर्ने सन्देश अहिलेको परिणामले देखाएको धारणा राखे ।

उनले लेखेका छन्,‘राप्रपाले मिहिनेत नगरेको पनि होइन, हाम्रो नेतृत्व भ्रष्ट र खराब पनि होइन, हामीले जनहित विपरीतका काम गरेको पनि होइन तथापि अपेक्षाकृत मत आउन सकेन । ताजा जनादेशको स्पष्ट सन्देश ःआफ्ना एजेण्डाहरुमा पूनर्विचार गर ।’

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार ०९:३५   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।