Logo

प्रमुख समाचार

आज नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरूको शपथ



काठमाडौं । आज नवनिर्वाचित १८ जना राष्ट्रियसभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिने भएका छन्। शपथ ग्रहण कार्यक्रम दिउँसो २ बजे सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको हलमा हुनेछ।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सदस्यहरूलाई शपथ गराउनेछन्।

गत ११ माघमा भएको राष्ट्रिय सभा निर्वाचनबाट १८ सदस्य निर्वाचित भएका हुन्। ५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्यका लागि निर्वाचन हुने व्यवस्था छ।

निर्वाचित सदस्यमध्ये महन्थ ठाकुर, रामकुमारी झाँक्री, सुनीलबहादुर थापा र ललितजंग शाही पहिले प्रतिनिधिसभामा काम गरिसकेका नेता हुन्।

सदस्यहरूलाई शपथमा आउँदा औपचारिक वा आफ्नो पहिचान झल्कने पोशाक लगाउन तथा नागरिकता र निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्र ल्याउन संसद् सचिवालयले निर्देशन दिएको छ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार १०:४५   :  बजे

237
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।