काठमाडाैं । भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले नेपालको निर्वाचनमा अभूतपूर्व सफलता हासिल गरेको भन्दै रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहलाई बधाई दिएका छन् ।
उनले निर्वाचन सफलतापूर्वक सम्पन्न गराएको नेपाली जनतालाई पनि धन्यवाद दिएका छन् ।
मंगलबार सामाजिक सञ्जाल एक्समार्फत् बधाई दिँदै उनले नेपाल-भारतबीचको न्यानो मित्रतालाई अझ सुदृढ बनाउँदै लैजानका लागि सहकार्यको अपेक्षा गरेको बताए छन् । ‘नेपालको आमनिर्वाचनमा अत्यधिक मतान्तरसहित विजय हासिल गरेकोमा बालेन्द्र शाह र रवि लामिछानेलाई हार्दिक बधाई । सफलतापूर्वक निर्वाचन सम्पन्न गराएकोमा नेपालका जनतालाई पनि म बधाई दिन चाहन्छु’, उनले भनेका छन्, ‘हाम्रा दुई देशबीचको न्यानो मित्रतालाई अझ सुदृढ बनाउँदै लैजानका लागि म आगामी सहकार्यको अपेक्षा गरेको छु ।’





















प्रतिक्रिया