Logo

राजनीति

न्यौपानेले दिए ‘स्वतन्त्र कानुन व्यवसायी मञ्च’को अध्यक्षबाट राजीनामा



काठमाडौँ । मोरङ निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित अधिवक्ता यज्ञमणि न्यौपानेले ‘स्वतन्त्र कानुन व्यवसायी मञ्च’को अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट फागुन २१ गते भएकाे निर्वाचनमा निर्वाचित भएपछि उनले नेतृत्व छोडेका हुन् । न्यौपानेले मञ्चको सञ्चालक समितिलाई सम्बोधन गर्दै बुझाएको राजीनामा पत्र स्वीकृत भइसकेको छ ।

राजीनामा पत्रमा उनले आफू प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकोले मञ्चको अध्यक्षका रूपमा कार्यभार सम्हाल्न नसक्ने उल्लेख गरेका छन् ।

उनी यसअघि नेपाल बार एशोसिएसनको निर्वाचनमा महासचिव पदको उम्मेदवार समेत बनेका थिए । कानुन व्यवसायीहरूको छाता संगठन ’नेपाल बार’को नेतृत्व तहमा पुग्न प्रतिस्पर्धा गरेका न्यौपाने पछिल्लो समय सक्रिय राजनीतिमा लागेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलवार २०:३७   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।