काठमाडाैँ । संयुक्त राष्ट्र संघले नेपालको प्रश्तावलाई स्वीकार गर्दै हरेक वर्षको अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्यता दिवस’ (इन्टरनेसनल वेलनेस डे) का रूपमा मनाउने घोषणा गरेको छ ।
मार्च १०, २०२६ मा बसेको संयुक्त राष्ट्र संघको महासभाले यस सम्बन्धी प्रश्ताव सर्वसम्मतिले पारित गरेको हो ।
नेपालको पहल र प्रश्तावमा संयुक्त राष्ट्र संघले कुनैपनि अन्तर्राष्ट्रिय दिवस घोषणा गरेको यो पहिलो पटक हो । यसलाई नेपालको कुटनीतिक क्षेत्रमा एक ऐतिहासिक र गर्व गर्न लायक सफलता मानिएको छ ।
नेपालले राखेको उक्त प्रश्तावलाई छिमेकी राष्ट्रहरू भारत र चीनसहित दक्षिण एशियाका प्रायः सबै मुलुक गरी जम्मा ४० वटा देशले सहप्रायोजन गरेका परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले बताउनु भयो ।
यस घोषणाले विश्व मञ्चमा नेपालको उपस्थितिलाई थप सार्थक र गरिमामय बनाएको मन्त्रालयले जनाएको छ ।
विश्व शान्ति र मानव हितका लागि नेपालले खेल्दै आएको भुमिकालाई यसले नयाँ उचाईमा पुर्याउनुका साथै नेपालको छविलाई विश्वभर थप उजिल्याउन मद्दत पुग्ने विश्वास लिइएको छ ।
यससँगै नेपाललाई विश्वव्यापी ‘आरोग्यता केन्द्र’ (वेलनेस सेन्टर) का रूपमा विकास गर्ने बाटो खुलेको उनले बताए।





















प्रतिक्रिया