Logo

राजनीति

गृहमन्त्री अर्यालको नाम राष्ट्रियसभा सदस्यमा मनोनितको लागि सिफारिश



काठमाडौं । मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त रहेको एक सिटमा गृहमन्त्री ओमप्रकाश अर्यालको नाम सिफारिश गरेको छ ।

आज बालुवाटारमा बसेको बैठकले अर्यालको नाम सिफारिश गरेको हो । ५९ सदस्यीय राष्ट्रियसमा राष्ट्रपतिले मनोनित गर्ने एक सिट रिक्त छ ।

यसअघि निर्वाचनमार्फत आएका राष्ट्रियसभाका सदस्यहरुले भने पद तथा गोपनियताको शपथ खाईसकेका छन् ।

गृहमन्त्री अर्याल राष्ट्रियसभा सदस्यमा नियुक्त भए रास्वपा नेतृत्वको शक्तिशाली सरकारमा यही भूमिकामा दोहोरिन सक्ने सम्भावना पनि छ । उनी अब बन्ने प्रधानमन्त्री बालेन शाहको विश्वासपात्र हुन् ।

प्रकाशित मिति : १ चैत्र २०८२, आईतवार १७:३१   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।