मन्त्रिपरिषद्को आज बसेको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।
उनका अनुसार नेपाली राजदूतावास रियाद, अबुधाबी, तेलअबिब, मनमा, मस्कट, इस्लामावाद र कायरोसँगै नेपाली महावाणिज्य दूतावास जेद्दा र दुबईले आवश्यक व्यवस्था मिलाउने निर्णयसमेत भएको छ।
मध्यपूर्वमा तनाव बढेपछि उडान प्रभावित हुँदा नेपालीहरु पनि समस्यामा परेको भन्दै सरकारले यस्तो निर्णय गरेको हो।





















प्रतिक्रिया