Logo

बैंकिङ

तीन कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?



काठमाडौं । नेप्सेमा तीन कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । आज नेप्सेमा यूनाइटेड इदि मर्दि आरबी हाइड्रोपावर, एनआरएन र शाइन रेसुङगा डेभलपमेन्ट बैंकको बोनश शेयर सूचिकृत भएको हो ।

नेप्सेमा यूनाइटेड इदि मर्दि आरबी हाइड्रोपावरको ५ प्रतिशत बोनश वापत २ लाख ३० हजार ४१२ कित्ता, शाइन रेसुङगा डेभलपमेन्ट बैंकको ३ प्रतिशत बोनश वापत १४ लाख ६२ हजार ७१० दशमलव ५० कित्ता र एनआरएनको ४० प्रतिशत बोनश वापत ५१ लाख ३७ हजार ४८९ दशमलव १४ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

कम्पनीहरुको सूचिकृत भएको शेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार १७:२२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।