Logo

राजनीति

रास्वपाको सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नयाँ सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम गर्दैछ । मंगलबार र बुधबार ललितपुरको होटल रोयल टुलिप, ग्वार्कोमा सांसदहरूको अभिमुखीकरण हुने पार्टी प्रवक्ता कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

उनले उक्त कार्यक्रममा सहभागी हुने सांसदहरूका लागि ७ बुँदे निर्देशन पनि जारी गरेका छन् ।

आवसीय हुने उक्त कार्यक्रममा सहभागी हुने सांसदहरूले कार्यक्रम स्थलमा मोबाइल लैजान पाउने छैनन् ।

‘कार्यक्रम हलमा मोबाइल फोन प्रयोग निषेध हुनेछ,’ उनले जारी गरेको सूचनाको दोस्रो नम्बरमा उल्लेख छ ।

त्यस्तै कार्यक्रम स्थलमा अन्य व्यक्ति वा पाहुनाका लागि पनि निषेध गरिएको छ । परिवारका सदस्य, साथी वा अन्यलाई पनि कार्यक्रम भएको होटलमा नबोलाउन रास्वपाले निर्देशन जारी गरेको छ ।

सांसदहरूले कार्यक्रम स्थलमा परिवारका सदस्य वा अन्य व्यक्तिसँग भेटघाट र फोटो खिच्नसमेत पाउने छैनन् ।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार २१:४४   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।