Logo

राजनीति

नेपाली जनताले इतिहासमा कसैलाई नगरेको विश्वास रास्वपालाई गरेका छन् : सभापति लामिछाने



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले ऐतिहासिक रूपमा आफ्नो पार्टीलाई विश्वास गरेको बताएका छन् ।

रास्वपाका सांसदलाई दुई दिने अभिमुखीकरण कार्यक्रमको समापन समारोहलाई बुधबार समापन सम्बोधन गर्दै लामिछानेले उक्त कुरा बताएका हुन् ।

‘नेपाली जनताले इतिहासमा कसैलाई नगरेको विश्वास यसपटक हामीलाई गरेका छन्,’ उनले भने ।त्यो जिम्मेवारीलाई सांसदहरूले महसुस गर्नुपर्ने सभापति लामिछानेले बताए । मुलुक र जनताले परिवर्तन खोजेको र त्यसलाई कसैले पनि रोक्न नसकेको लामिछानेको भनाइ थियो ।

‘पार्टी स्थापनाको सुरुवातमा हामीलाई सुन्न आउने मान्छेको संख्या यति पनि हुँदैनथ्यो तर आज त्यति जना हाम्रा सांसद छन्,’ लामिछानेले भने, ‘मुलुकले परिवर्तन खोजेको छ ।

मुलुक र जनताले परिवर्तन चाहेपछि दुनियाँको कुनै पनि शक्तिले रोक्न सक्दैन ।’मुलुकलाई सही नेतृत्व र दिशा आवश्यक परेको लामिछानेको भनाइ थियो ।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार २१:२३   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।