Logo

अर्थ

निप्स गण्डकीको वार्षिकोत्सवमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता, एनएलजी इन्स्योरेन्सलाई उपाधि



काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी (निप्स) गण्डकीको १३औँ वार्षिकोत्सवका अवसरमा शनिबार मैत्रीपूर्ण फुटसल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगिता नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशका प्रमुख शम्भुप्रसाद मिश्रको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मिश्रले यस प्रकारका मैत्रीपूर्ण खेलकुद कार्यक्रमले खेलाडीहरुबीच आपसी भाइचारा विस्तार हुनुका साथै बीमा क्षेत्रमा कार्यरत कर्मचारीबीच चिनजान, हार्दिकता र विश्वास बढाउने विश्वास व्यक्त गरे।

कार्यक्रमको अध्यक्षता गरेका संस्थाका अध्यक्ष छवि पौडेलले निप्सका उद्देश्यहरुअनुरुप वार्षिक कार्यक्रमहरु सञ्चालन हुँदै आएको बताए। उनले यस वर्ष पनि विभिन्न कार्यक्रम आयोजना गरिने जानकारी दिए।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव शिव सुवेदीले गरेका थिए भने कोषाध्यक्ष सुरेश रेग्मीले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रमको संयोजक सुरेशबाबु खत्रीले गरेका थिए।

प्रतियोगितामा १९ वटा बीमा कम्पनीको सहभागिता थियो। प्रतियोगितामा एनएलजी इन्स्योरेन्स प्रथम हुन सफल भयो भने हिमालयन एभरेष्ट इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, ट्रस्ट माइक्रो इन्स्योरेन्स र ओरिएन्टल इन्स्योरेन्सको संयुक्त टोली प्रथम रनरअप बन्यो।

मैत्रीपूर्ण फुटसल प्रतियोगिताले बीमा क्षेत्रमा कार्यरत पेसाकर्मीबीच आपसी सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आईतवार १२:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।