Logo

राजनीति

११ एजेण्डामा केन्द्रित कांग्रेस बैठकमा छलफल जारी



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले केन्द्रीय कार्यसमितिको बैठकमा विभिन्न एजेण्डामाथि छलफल जारी रहेको बताएका छन् ।

आजको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बैठक निरन्तर चलिरहेको जानकारी दिए। उनका अनुसार सभापतिले बैठकको प्रारम्भमै आफ्नो सन्देश राख्दै समसामयिक विषयमा विस्तृत धारणा प्रस्तुत गरिसकेका छन् ।

प्रवक्ता चालिसेका अनुसार बैठकका लागि ११ वटा एजेण्डा तय गरिएको छ, जुन यसअघि नै सार्वजनिक भइसकेको छ । ती प्रस्तावहरूमा हालसम्म २८ जना सदस्यहरूले आफ्नो धारणा राखिसकेको उनले बताए ।

‘बाँकी सदस्यहरूले भोलिको बैठकमा आफ्नो धारणा राख्नुहुनेछ र विभिन्न विषयमा छलफलपछि निष्कर्षमा पुग्नेछौं,’ उनले भने ।
उनका अनुसार बैठकमा महाधिवेशनसँग सम्बन्धित प्रस्तावसहित विभिन्न समसामयिक विषयमा पनि छलफल भइरहेको छ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलवार २०:१७   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।