Logo

राजनीति

सार्वजनिक भयो जेनजी आन्दोलनको छानबिन प्रतिवेदन



काठमाडौं। २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएको छ।
सरकारलाई बुझाइएको प्रतिवेदन सरकारी निकायले सार्वजनिक गरेको भने होइन । जनआस्था अनलाइनले यो प्रतिवेदन बाहिर ल्याएको हो ।
कुल ८९८ पृष्ठ लामो प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित उच्च अधिकारीमाथि कारबाही सिफारिस गरिएको छ।
प्रतिवेदनमा तत्कालीन गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई ३ देखि १० वर्षसम्म कैद तथा ३० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्न सिफारिस गरिएको छ।

 

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार १९:२४   :  बजे

603
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।