काठमाडौँ । नेपाली कांग्रेसले १५ औँ महाधिवेशन सम्पन्न गर्न पार्टीका केन्द्रीय सदस्य एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको संयोजकत्वमा निर्वाचन समिति बनाएको छ। खड्का गत पुसमा भएको विशेष महाधिवेशनबाट खुल्ला केन्द्रीय सदस्यमा चयन भएका थिए ।
यसअघि कांग्रेसको महाधिवेशन गर्नका लागि कानुन व्यवसायीको नेतृत्वमा निर्वाचन समिति बनाउने प्रचलन रहे पनि यो पटक विशेष महाधिवेशनबाट आएको समितिले पार्टीका केन्द्रीय सदस्यको संयोजकत्वमा निर्वाचन समिति बनाएको हो ।
समितिका सदस्यहरू अझै तय भइनसकेका नेताहरूले बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १५औँ महाधिवेशन आगामी असोज दोस्रो साता गर्ने निर्णय गरेको छ ।





















प्रतिक्रिया