काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले शुक्रबार १२:३४ मिनेट जाँदा प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदहरूले बिहीबार दिउँसो सिंहदरबारस्थित नयाँ संसद् भवनमा पद तथा गोपनीयताको शपथ लिँदैछन् ।
तर, सरकारले नयाँ आएको प्रतिनिधिसभा र अविच्छिन्न रूपमा रहने राष्ट्रिय सभासहितको संघीय संसद्को अधिवेशन आह्वान गरेको छैन । संघीय संसद्को अधिवेशन आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने कानुनी प्रावधान छ । अहिलेसम्म सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले संघीय संसद्को अधिवेशन आह्वान गरेको छैन ।
प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलले संघीय संसदको अधिवेशन आह्वान गर्ने निर्णय नभएको जानकारी दिए ।





















प्रतिक्रिया