Logo

समाचार

एन्फाको निर्वाचन स्थगित



काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) को शुक्रबारका लागि तय भएको केन्द्रीय कार्यसमिति निर्वाचन स्थगित भएको छ। एन्फा निर्वाचन समितिले आज साँझ निर्वाचन स्थगित गरेको हो।
‘राष्ट्रिय खेलकुद परिषद्‌ले मिति २०८२/१२/११ गते तीन महिनासम्मका लागि निलम्बन गरेको भन्ने पत्र एन्फा सचिवालय मार्फत यस निर्वाचन समितिलाई मिति २०८२/१२/१२ गते प्राप्त भएकाले मिति २०८२/१२/१३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ,’ एन्फा निर्वाचन समितिले भनेको छ।
यसअघि बुधबार नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद्ले अवैधानिक रुपमा निर्वाचन गर्न लागेको र आफ्नो निर्देशन पालना नगरेको भन्दै एन्फालाई तीन महिनासम्मका लागि निलम्बन गरेको थियो।

 

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार २१:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।