काठमाडौं । नेपाल आयल निगमले दुई साताभित्र दोस्रो पटक इन्धनको मूल्य बढाएको छ।
निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोल र डिजेल/मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरेको हो।
यसअघि चैत १ गते पेट्रोलमा १५ र डिजेल/मट्टितेलमा १० रुपैयाँ बढाइएको थियो।
भारतबाट बढेर आएको खरिद मूल्य समायोजन गर्दै मूल्य वृद्धि गरिएको निगमले जनाएको छ।
निगमका अनुसार हाल पनि पेट्रोल, डिजेल/मट्टितेल र एलपी ग्यास घाटामै बिक्री भइरहेको छ।
बढेको लागतअनुसार मूल्य समायोजन नगर्दा निगमले प्रतिलिटर डिजेल/मट्टितेलमा २९, पेट्रोलमा १ र ग्यासमा प्रतिसिलिण्डर २१६ रुपैयाँ घाटा बेहोर्दै आएको छ।
निगमले अप्रिल १ मा पुनः मूल्य समायोजन गर्ने जनाएको छ। पछिल्लो मूल्य प्रवृत्तिका आधारमा आगामी १५ दिनमा करिब १५ अर्ब रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ।
इन्धन खपत घटाउन निगमले जोर–बिजोर प्रणाली लागू गर्ने विकल्पमा पनि छलफल गरिरहेको छ। तर, यसको निर्णय नयाँ सरकार गठनपछि मात्र हुने जनाइएको छ।





















प्रतिक्रिया