काठमाडौं । फागुन २१ को निर्वाचनपछि बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नेतृत्वमा बन्ने सरकारमा प्रधानमन्त्रीपछिको दोस्रो वरियतासहितको अर्थमन्त्रीको जिम्मेवारी डा. स्वर्णिम वाग्लेले पाएका छन् ।
तथ्याङ्क र नीतिमा आधारित तर्क गर्दै आएका डा. वाग्ले रास्वपाका उपसभापति एवं तनहुँ–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
डा. स्वर्णिम वाग्लेको जन्म वि. सं. २०३१ सालमा गोरखाको बुङ्कोटमा भएको थियो । उनको बाल्यकालको केही समय गोरखामा बिते पनि पछि उनको परिवार चितवन बसाइँ सरेको थियो । सामान्य मध्यमवर्गीय परिवारमा जन्मिएका वाग्लेले प्रारम्भिक शिक्षा काठमाडौंको बुढानीलकण्ठ स्कुलबाट भयो । त्यहाँको अध्ययनपछि उनले बेलायतस्थित लन्डन स्कुल अफ इकोनोमिक्सबाट उनले स्नातक तहको अध्ययन पूरा गरे ।
उनले अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट जनप्रशासन र अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर सम्पन्न गरे भने अस्ट्रेलियाको अस्ट्रेलियन नेसनल युनिभर्सिटी अर्थशास्त्रमा विद्यावारिधि उत्तीर्ण गर्न सफल भए ।
अर्थमन्त्री वाग्लेले विभिन्न अन्तर्राष्ट्रिय संस्थामा २५ वर्षदेखि विकास अर्थशास्त्रीका रूपमा काम गरेका छन् । उनले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम र विश्व बैंकमा विभिन्न महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका थिए ।
विशेषगरी वि. सं. २०७७ देखि २०७९ सम्म उनले न्युयोर्कस्थित यूएनडीपीको मुख्यालयमा एसिया–प्रशान्त क्षेत्रका ३६ देशहरू हेर्ने प्रमुख आर्थिक सल्लाहकारका रूपमा काम गरे । भियतनाम र न्यूयोर्कमा रहेर उनले विभिन्न देशका आर्थिक सुधारका एजेन्डाहरूमा प्रत्यक्ष योगदान पुर्याएका थिए ।
अन्तर्राष्ट्रिय अनुभव हासिल गरेपछि डा. वाग्ले वि. सं. २०७१ तिर नेपाल फर्किए । त्यसलगत्तै उनी राष्ट्रिय योजना आयोगको सदस्य बनेका थिए । २०१४ देखि २०१८ सम्म उनी दुई पटक राष्ट्रिय योजना आयोगको सदस्य बनेका थिए ।





















प्रतिक्रिया