Logo

प्रमुख समाचार

गृहमन्त्री सुदन गुरुङले गरे पदबहाली, जेनजीको जनादेश अनुसार काम गर्ने उद्घोष



काठमाडौं । नवनियुुक्त गृहमन्त्री सुदन गुरुङले पदबहाली गरेका छन् । शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पद बहाली गरेका हुन् ।

यसअघि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट उनी चर्चामा आएका थिए ।

गृहमन्त्री गुरुङले अब देश जेन-जी जनादेश अनुसार अघि बढ्ने बताएका छन् । उनले गलत गर्ने कसैलाई छुट नपाउने बताए ।

गत भदौ २३ र २४ को जेनजी आन्दोलनपश्चात् एकाएक चर्चामा आएका सुदन गुरुङ गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजयी भएका थिए ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार १५:००   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।