तेहरान । इरानले बहराइन र संयुक्त अरब इमिरेट्स (यूएई) का होटल मालिकहरूलाई यदि उनीहरूले अमेरिकी सैनिकहरूलाई आफ्नो होटलमा राखे भने त्यसको नकारात्मक परिणाम हुन सक्ने चेतावनी दिएको छ । अर्ध–सरकारी फार्स न्यूज एजेन्सीले बिहीबार यो जानकारी प्रकाशित गरेको छ ।
एजेन्सीको रिपोर्ट अनुसार, अमेरिकी सैनिकहरूले हाल इरानी क्षेप्यास्त्र आक्रमण र क्षेत्रीय सहयोगी समूहहरूसँगको संयुक्त अपरेसनको परिणामस्वरूप क्षेत्रका केही होटलहरूमा शरण लिएका छन् । चेतावनी अनुसार, कुनै पनि स्थलमा विदेशी सैनिकको उपस्थिति कायम रह्यो भने त्यसको असर तुरुन्तै देखिन सक्छ ।
इरानले अमेरिकी सैनिकहरूलाई नागरिक स्थलमा शरण लिनु गलत भएको भन्दै यसले क्षेत्रीय सुरक्षामा जोखिम निम्त्याउने बताएको छ । प्रतिवेदनमा अमेरिकी सैनिकहरूले पुरानो विमानस्थल नजिकको लॉजिस्टिक्स बेस, दमास्कसको रिपब्लिक प्यालेस, फोर सिजन्स, र शेरेटन होटल जस्ता स्थलहरूमा उपस्थिती कायम गरेका छन् ।
यसै साता अमेरिकी मरीनहरू इस्तानबुल र सोफियाबाट जिबुटी अन्तर्राष्ट्रिय विमानस्थलमा सारिएका थिए । इरानका विदेशमन्त्री सय्यद अब्बास अराब्चीले गल्फ अरब देशका होटलहरूलाई अमेरिकी सैनिकहरूलाई बसाउन नदिन चेतावनी दिएका छन् ।
उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘युद्धको सुरुदेखि अमेरिकी सैनिकहरूले आफ्नो बेसहरू छोडेर होटल र कार्यालयहरूमा शरण लिइरहेका छन् र स्थानीय नागरिकलाई ‘मानव ढाल’ को रूपमा प्रयोग गरिरहेका छन् ।’ अराब्चीले अमेरिकी अभ्याससँग तुलना गर्दै गल्फ देशका होटलहरूले पनि त्यस्तै सुरक्षा मानक अपनाउन आग्रह गरेका छन् ।





















प्रतिक्रिया