Logo

विविध

पौन तीन करोडमा सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण



तेह्रथुम । फेदाप गाउँपालिका–१ स्थित पोक्लाबाङमा निर्माणाधीन सांस्कृतिक सङ्ग्रहालय अन्तिम चरणमा पुगेको छ। लोपोन्मुख सांस्कृतिक सामग्री संरक्षण गर्ने उद्देश्यले परम्परागत शैलीमा सङ्ग्रहालय निर्माण भइरहेको हो।

पोक्लाबाङ बजारदेखि करिब दुई किलोमिटर उत्तरमा निर्माण भइरहेको उक्त सङ्ग्रहालय झिङ्गटीको छानोयुक्त छधुरे शैलीमा बनाइएको छ।

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ को अगुवाइमा याक्थुङ (लिम्बू) समुदायसँग सम्बन्धित पुराना सामग्री, ऐतिहासिक कागजात र युद्धकालीन हातहतियार सङ्कलन गरिनेछ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आईतवार ०८:०७   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।