Logo

प्रमुख समाचार

रवि लामिछानेको अभियोगपत्र फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै, आज फैसलाको सम्भावना



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि सहकारी ठगीसँगै दायर भएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र फिर्ताविरुद्धको रिटमा बिहीबार बहस नसकिएपछि आज सुनुवाइ हुँदैछ ।

‘हेर्दाहेर्दै’ रहँदै आएको उक्त मुद्दामा आज सर्वोच्च अदालतले फैसला गर्ने तयारी गरेको स्रोतले जनाएको छ । सर्वोच्च अदालत स्रोतका अनुसार दुई तर्फी बयान सकिएको अवस्थामा फेरि पनि मुद्दा लम्ब्याउनुपर्ने कारण नभएकोले सम्भवतः आज कुनै न कुनै फैसला आउने भएको हो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अव्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ हुने भएकाे छ ।

महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेमाथि विभिन्न जिल्लामा विचाराधीन रहेको सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन् ।

महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल सफलले रिट दायर गरेका थिए ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आईतवार ११:४८   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।